+
+
-- Sponsored Ad --

‘लोन्ली प्लानेट’द्वारा नेपाल विश्वकै आठौँ उत्कृष्ट गन्तव्य छनोट

578 पटक हेरिएको
Clock २०७८ कार्तिक २०, शनिबार १२:३९
-- Sponsored --

कात्तिक २०, एजेन्सी ।। विश्वकै चर्चित ट्राभल बुक पब्लिसर ‘लोन्ली प्लानेट’ले सन् २०२२ का लागि नेपाललाई विश्वकै आठौँ उत्कृष्ट गन्तव्यका रूपमा छनोट गरेको छ। प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई आधार मानेर नेपाललाई आठौँ स्थानमा छनोट गरिएको हो। 

प्राचीन भग्नावशेष, ऐतिहासिक स्थल र मनोरम सामुद्रिक जीवन भएका मुलुकहरूलाई समेटेर प्लानेटले १० उत्कृष्ट मुलुकको सूची तयार पारेको छ। प्रारम्भिक चरणमा सूचीकृत भएका दर्जनौँ मुलुकबाट छनोट गरेर उक्त सूचीलाई अन्तिम रूप दिइएको प्लानेटले जनाएको छ।

प्लानेटले सर्वोत्कृष्ट गन्तव्य मुलुकमा द कुक आइल्यान्ड्सलाई छानेको छ भने दोस्रो स्थानमा युरोपेली मुलुक नर्वे परेको छ। अफ्रिकी महादेशको हिन्द महासागरीय टापु मुलुक मौरिससलाई तेस्रो उत्कृष्ट गन्तव्यमा समावेश गरिएको छ। 

त्यसैगरी मध्यअमेरिकी मुलुक बेलिजलाई चौंथो, मध्ययुरोपको स्लोभेनियालाई पाँचौँ र उत्तरी अमेरिकास्थित ब्रिटिस स्वामित्वको पूर्वी क्यारेबियन सागरमा अवस्थित टापु मुलुक एन्गुइलालाई छैटौँ र एसियाको अरेबियाली मुलुक ओमानलाई सातौँ गन्तव्यमा सूचीकृत गरिएको छ।

आठौँ उत्कृष्ट गन्तव्यमा नेपाल, अफ्रिकी मुलुक मलावीलाई नवौँ र इजिप्टलाई दशौँ गन्तव्यका रूपमा समावेश गरेको प्लानेटले उल्लेख गरेको छ।एजेन्सी   

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win