+
+
-- Sponsored Ad --

एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

733 पटक हेरिएको
Clock २०७८ माघ २७, बिहीबार १०:१३
exam
-- Sponsored --

एनसन्चार संवाददाता, माघ २७, काठमाण्डौँ,
माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य(अङ्ग्रेजी, अनिवार्य(संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो भने सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले पनि त्यसअघि नै परीक्षा तोकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दैछन् ।

see

एसईईको परीक्षा तालिका

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win