+
+
-- Sponsored Ad --

सरकारले थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने

382 पटक हेरिएको
Clock २०७८ कार्तिक २३, मंगलवार ०७:४१
-- Sponsored --

कात्तिक २३, काठमाडौं ।। सरकारले एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।

सोमबार मन्त्रिपरिषदबाट खोप खरिद गर्ने निर्णय भइसकेको छ।

मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। यो खोप बालबालिकालाई पनि लगाउन मिल्ने भएकोले खरिद गर्न लागिएको हो।

करिब ६० लाख फाइजर र ४० लाख मोर्डना खोप खरिद गर्न लागिएको छ। १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन खोप खरिद गर्न लागिएको छ।

सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरूद्ध खोप लगाइसक्ने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरूद्ध खोप लगाउने कार्य सरकारको प्राथमिकतामा रहेको बताइरहेका छन्।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win