झरिले देवचुली वडा नं १६ मा रहेको खानेपानीको पाईप बगायो

तीनसम्म लगातार परेको झरिले देवचुली नगरपालिका वडा नं १६ मा रहेको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानीको पाईप बगाएको छ । बिहिबार देखि लगातर तीन दिनसम्म परेको पानीले रजहर खानेपानीको मुहानको पाईपमा क्षति पुर्याएको हो । देवचुली १७ बाह्रकोल जाने बाटोमा पहिरो गई २ सय मिटरको ३ वटा पाईपलाई क्षति पुर्याएको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गंगा बहादुर थापाले जानकारी दिनुभयो । उहाँले १ वटा पाईप मर्मत भइसकेको र २ वटा पाईप भने मर्मत गर्न १० दिन जति लाग्ने बताउनुभयो । पहिले २४ घण्टा उपभोक्ताहरुलाई पानी वितरण गर्दै आइरहेको रजहर खानेपानी संस्थाले अहिले पाईप बगाएपछि भने बिहान ६ घण्टा र बेलुकी ६ घण्टा गरेर पानी वितरण गरिएको थापाले बताउनुभयो । भोली देखि नै पहिरो हटाई पाईप मर्मत काम सुरु गरिने भएको छ । हाल देवचुली नगरपालिका वडा नं १६ र १७ गरि २ हजार ६ सय घरधुरीले रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट पानी पिउने गरेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 8 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 11 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *