+
+
-- Sponsored Ad --

झरिले देवचुली वडा नं १६ मा रहेको खानेपानीको पाईप बगायो

771 पटक हेरिएको
Clock २०७८ जेष्ठ १६, आईतवार २३:५२
-- Sponsored --

तीनसम्म लगातार परेको झरिले देवचुली नगरपालिका वडा नं १६ मा रहेको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानीको पाईप बगाएको छ । बिहिबार देखि लगातर तीन दिनसम्म परेको पानीले रजहर खानेपानीको मुहानको पाईपमा क्षति पुर्याएको हो । देवचुली १७ बाह्रकोल जाने बाटोमा पहिरो गई २ सय मिटरको ३ वटा पाईपलाई क्षति पुर्याएको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गंगा बहादुर थापाले जानकारी दिनुभयो । उहाँले १ वटा पाईप मर्मत भइसकेको र २ वटा पाईप भने मर्मत गर्न १० दिन जति लाग्ने बताउनुभयो । पहिले २४ घण्टा उपभोक्ताहरुलाई पानी वितरण गर्दै आइरहेको रजहर खानेपानी संस्थाले अहिले पाईप बगाएपछि भने बिहान ६ घण्टा र बेलुकी ६ घण्टा गरेर पानी वितरण गरिएको थापाले बताउनुभयो । भोली देखि नै पहिरो हटाई पाईप मर्मत काम सुरु गरिने भएको छ । हाल देवचुली नगरपालिका वडा नं १६ र १७ गरि २ हजार ६ सय घरधुरीले रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट पानी पिउने गरेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win