+
+
-- Sponsored Ad --

प्रदेश १ र वाग्मतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

341 पटक हेरिएको
Clock २०७८ मंसिर २१, मंगलवार ०७:३०
-- Sponsored --

२१ मंसिर, काठमाडौं ।। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। प्रदेश १ र वाग्मतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति प्रदेश १ र वाग्मतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र वाग्मतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win