+
+
-- Sponsored Ad --

कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण : एमाले महासचिव पोखरेल

315 पटक हेरिएको
Clock २०७९ श्रावण ४, बुधबार १६:५३
-- Sponsored --

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् । बुधबार अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले एमालेको एउटा विभागको नामलाई लिएर गभर्नरमाथिको आक्रमण जायज नभएको बताए ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी पनि रहेका छन् । उक्त नाम गभर्नर महाप्रसाद अधिकारीको हो भन्दै हालका सत्तारुढ दलका भ्रातृसंस्थाहरुले उनको राजीनामा माग गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गभर्नरले राजीनामा दिनुपर्ने बताइसकेका छन् ।

तर बुधबार एमाले महासचिव पोखरेलले भने, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो ।’ कालो धनलाई सेतो बनाउने योजना असफल भएपछि सरकारले गभर्नरमाथि आक्रमण सुरु गरेको उनले टिप्पणी गरे ।

अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्न खोज्नेलाई प्रोत्साहन गर्नु भएको पोखरेलले बताए । ‘जबकी पार्टीले भनिसकेको छ गभर्नर विभागको सदस्य होइनन्, गभर्नर आफैंले पनि भनिसक्नुभएको छ म विभागको सदस्य होइन, यो विषयमा बहस असान्दिर्भक छ’ उनले भने ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win