+
+
-- Sponsored Ad --

काठमाडौं उपत्यकामा हल्का वर्षा, वायु प्रदूषण कम हुने

673 पटक हेरिएको
Clock २०७७ चैत्र १८, बुधबार १३:५८
-- Sponsored --

१८ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडमा बुधबार साँझ हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ ।

वर्षाले अहिले देखिएको वायु प्रदुषण र तुवाँलोलाई केही कम गर्ने भए पनि पूर्ण रुपमा अन्त्य नहुने मौसमविद मञ्जु बासीले जानकारी दिइन् । ‘हल्का वर्षामात्र भएकाले हिजो अस्तिदेखि देखिएको तुवाँलो पूर्ण रुपमा खुल्ने सम्भावना देखिँदैन’ उनले भनिन्, ‘यद्यपि वायु प्रदूषण कम भने हुन्छ ।’

वर्षा पनि धेरै ठूलो हुने सम्भावना छैन । वर्षा ठूलो नहुने भएकाले तुवालो हट्न अझै केही दिन लाग्ने मौसमविद बासीले बताइन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win