+
+
-- Sponsored Ad --

आज न्याय सेवा आयोगको बैठक बस्दै

569 पटक हेरिएको
Clock २०७८ पुष ७, बुधबार ०७:४५
-- Sponsored --

एन सञ्चार, पौष ७, काठमाडौं ।।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबार (आज)का लागि बोलाएका छन् । आयोगको बुधबार अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ ।

“न्याय सेवा आयोगको भोलि ३ बजे बैठक बोलाइएको छ,” न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भने, “जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो ।”

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । सदस्यमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने व्यवस्था ‍छ । रासस

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win