0 प्रतिक्रिया
माैसम पूर्वानुमानः आज केही क्षेत्रमा वर्षा र हिमपातकाे सम्भावना
एन सञ्चार, २१ पुषः
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशभर बदली रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ।
राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएकाे छ।
बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने महाशाखाकाे आँकलन छ। प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



