कडा लक्षण भएकाले भरिदै काठमाडौंका अस्पताल, दैनिक १५० जनाको मृत्यु हुन सक्ने आशंका

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा गत वर्षको भन्दा निकै कडा रूपमा देखिएको छ । डबल म्युटेड रूपमा देखिएको भाइरस छिटो फैलने र कडा असर गर्ने भएकाले संक्रमित मध्ये धेरै आइसीयू र भेन्टिलेटरमा पुग्ने गरेका छन् ।

देशभर संक्रिय संक्रमित संख्याको १ दशमलव ५४ प्रतिशत व्यक्तिको हाल आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ३ सय ४६ जना क्रिटिकल केयरमा छन् । आइसियू र भेन्टिलेटरमा रहेको संख्या बागमती र लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै छ । काठमाडौं उपत्यकामा मात्र १ सय ३४ जना छन् ।

उपत्यकाका मुख्य सरकारी अस्पतालहरू आईसीयू र भेन्टिलेटरमा बस्नेहरूले भरिएको छ । टेकु अस्पतालमा आईसीयूमा र भेन्टिलेटरमा १०–१० जना रहेका छन्, पाटन अस्पतालमा आईसीयूमा ९ र भेन्टिलेटरमा ८, बलम्बुमा आईसीयूमा १० र भेन्टिलेटरमा ८, वीर अस्पतालमा आईसीयूमा ५ र भेन्टिलेटरमा २ , त्रिवि शिक्षण अस्पतालमा आईसीयूमा ४ र भेन्टिलेटरमा ३ जना छन् ।

यस्तै निजी तर्फ सबै भन्दा बढी मेडिसिटी अस्पतालमा छन् । मेडिसिटीमा आईसीयूमा २५ र भेन्टिलेटरमा ५, हाम्सको आईसीयूमा १३ र भेन्टिलेटरमा ४ जना छन् । अस्पताल आउनेहरूलाई जटिल समस्या भएको र संक्रमण भएको दुई तीन दिनमा नै लक्षण देखिएर आउनेहरू बढी रहेका छन् ।

यस बर्ष संक्रमण हुनेहरूमा बालबालिका र युवाहरूको संख्या बढी छ । वैशाख १ देखि १३ गते सम्म १ देखि २९ वर्ष उमेर समूहका ७ हजार ८ सय ८७ व्यक्ति संक्रमित भएका छन् । जसमा ९ वर्ष सम्मका ४ सय ९६ बालबालिका, १० देखि १९ वर्ष सम्मका १ हजार ८ सय ९३ र २० देखि २९ उमेर समूहका ५ हजार ५ सय १८ जना छन् ।

नयाँ भेरियन्टका कारण यस वर्ष बालबालिका बढी संक्रमित भएका छन् । बढ्दै गएको संक्रमितको संख्या विश्वमा कोरोना संक्रमित फैलिएका देशहरूमा नेपाल पनि उच्च प्रतिशतको संक्रमणको सूचीमा रहेको छ । जसले अबको तीन महिना भित्र प्रतिदिन १ सय ५० जना सम्मको मृत्यु हुन सक्ने प्रक्षेपण समेत गरिएको छ ।

अस्पतालका भर्ना भएका ६३ प्रतिशत व्यक्तिलाई अक्सिजन दिनुपर्ने अवस्था देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण देखिएका व्यक्ति हाल अझै बढी सचेत हुनुपर्ने, बेलाबेलामा अक्सिजन लेभल नाप्ने र अरु लक्षण देखिएको छ–छैन भन्ने विचार पु¥याउनुपर्ने चिकित्सकहरूले आग्रह गरेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 12 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 11 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *