+
+
-- Sponsored Ad --

सामुदायिक वनको साधारणसभामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

681 पटक हेरिएको
Clock २०७८ पुष २४, शनिबार १६:२१
-- Sponsored --

देवचुली, माधब सुबेदी

देवचुली नगरपालिका वडा नं १६ रजहरमा अवस्थित कालिका मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारणसभा र लेखा परीक्षण सम्पन्न भएको छ । शनिबार देवचुली वडा नं १६ को वडा कार्यालयमा संस्थाको कार्यक्रम गरिएको हो । उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सामुदायिक वन तथा ठाउँले सम्भावना बोकेको हुँदा यहाँको विकासमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

No description available.

वक्ताहरुले वनमा आबद्ध सदस्यहरुको सक्रीयता भएमात्र विकास हुनसक्ने भएकाले सबैलाई लाग्न अनुरोध गरे ।देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनले स्थानीयलाई सहयोग पुर्याउने हुँदा यसको संरक्षण गर्न उत्तिकै आवश्यक भएको बताए । उनले सम्भावनाको खोजी गरी अघि बढ्न सुझाव दिए ।

No description available.

कार्यक्रममा प्रगती प्रतिबेदन वनकी सहसचिव अन्जली पुडासैनी, कोषाध्यक्ष प्रतिबेदन उमादेवी चालीसे, अध्यक्षले आयव्ययको प्रतिबेदन प्रस्तुत गरेका थिए । अनाथ र विपन्नमा रहेका विद्यार्थीहरुलाई हरेक बर्ष सहयोग गर्दै आएको सामुदायिक वनले यस बर्ष पनि १८औं साधारण सभामा १४ जना विद्यार्थीहरुलाई कपि र कलम वितरण गरेको छ ।

 

No description available.बनका अध्यक्ष सुदर्शन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ सय ९० जना उपभोक्ता रहेको सामुदायिक बनको कार्यक्रमलाई कार्यालय सचिव रामचन्द्र ठकुरीले सञ्चालन गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win