+
+
-- Sponsored Ad --

उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको संभावना

380 पटक हेरिएको
Clock २०७८ पुष २९, बिहीबार ०९:०८
-- Sponsored --

काठमाडौं । देशका अधिकांश भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएरातिदेखि कर्णाली प्रदेशदेखि पूर्वका अधिकांश स्थानमा वर्षा भएको र केही स्थानमा अहिले पनि वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा गएराति मेघ गर्जन र चट्याङसहित वर्षा भयो भने उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो ।

देशैभरका पहाडी भेगमा आज दिनभर बदली रहने संभावना रहेको छ । उपत्यकामा भने दिउँसो घाम लाग्ने पनि महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाइएको छ । न्यून चापीय प्रणाली कमजोर हुदै गएकाले वर्षा हुने क्रम केही दिनलाई रोकिने र न्यून चापीय प्रणाली केही दिनपछि सक्रिय हुने संभावना रहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win