काठमाडौं । देशका अधिकांश भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएरातिदेखि कर्णाली प्रदेशदेखि पूर्वका अधिकांश स्थानमा वर्षा भएको र केही स्थानमा अहिले पनि वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।
देशैभरका पहाडी भेगमा आज दिनभर बदली रहने संभावना रहेको छ । उपत्यकामा भने दिउँसो घाम लाग्ने पनि महाशाखाले जनाएको छ ।
उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाइएको छ । न्यून चापीय प्रणाली कमजोर हुदै गएकाले वर्षा हुने क्रम केही दिनलाई रोकिने र न्यून चापीय प्रणाली केही दिनपछि सक्रिय हुने संभावना रहेको छ ।