+
+
-- Sponsored Ad --

थारु बस्तीमा माघीको रौनक

368 पटक हेरिएको
Clock २०७८ माघ १, शनिबार ०८:५०
-- Sponsored --

काठमाण्डाै – थारु समुदायमा आज माघी पर्व मनाइँदैछ । माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ ।

आजको दिन बिहानै जलाशयमा गइ स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाएर धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ ।

यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गइ गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । आजैका दिन गाउँका मुखिया छनौट गर्ने चलन पनि छ ।

यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट चुनाव हुनेगर्छ । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।

सरकारले २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइने गरिन्छ ।

 

नवलपुर, चितवन, नवलपरासी लगायत पश्चिम नेपालका दाङ, बाके, बर्दिया, कैलाली र कञ्चनपुर  जिल्लाका थारु बस्तीहरुमा यो पर्व मनाउन जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाइन्छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा रमाइन्छ । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुन्छ। 

unn.prixa.net

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win