‘क्रियाशील सदस्यता छानबिनका नाममा अनियमितताले सीमा नाघ्यो, नामावली सूची छिटो सार्वजनिक गर्न दबाब

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापति तथा महासमिति सदस्यहरुले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका स्थगित गरिएको खबर प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सम्पूर्ण पार्टी सदस्यको चाहना अनुरुप सबैखाले चुनौतीको सामना गर्नसक्ने नीति र नेताबारे निर्णय गर्ने ऐतिहासिक अवसरबाट पार्टी चुकेको उनीहरुको आरोप छ ।

आज एक विज्ञप्ति जारी गर्दै काठमाण्डौंमा उपलब्ध जिल्ला सभापति एवं महासमिति सदस्यहरुले विधानका प्रष्ट ब्यवस्था विपरीत जिल्ला कार्यसमिति लगायत पार्टीका तल्ला तहहरुको भूमिकालाई कमजोर बनाउँदै लगेको समयमा महाधिवेशनको मुखमा आएर क्रियाशील सदस्यता छानबिनका नाममा अनियमितताले सीमा नाघेको बताएका छन् ।

सबै अधिकारलाई केन्द्रीकरण गर्ने र आफुखुसी हेराफेरी गर्ने डरलाग्दो शृखला अर्झै पार्टीमा जारी रहेको उनीहरुको ठहर छ ।

पार्टी संस्थापनको दवाव र प्रभावका आधारमा वडादेखि प्रकृयागत रुपबाट आएका नामावलिको अलावा पनि नामहरु ईन्ट्री भएको, प्रक्रिया पुगेका कतिपय नामहरु हटाइएको, शतप्रतिशतभन्दा बढी समेत ईन्ट्री भएको, समायोजनका नाममा विधि र औचित्य नाघेर निर्णय भएको, ठाऊँ हेरी समान प्रकृतिका समस्यामा विपरित निर्णय भएको र समग्रमा पार्टी संस्थापनको स्वार्थलाई केन्द्रविन्दुमा राखेर पक्षपातपूर्ण काम भैरहेको आरोप उनीहरुले लगाएका छन् ।

‘अविलम्व सम्पूर्ण नामावली सूची सार्वजनिक गर्न, त्रुटिपूर्ण तथा अन्यायपूर्ण नामावलीलाई विधानसम्मत सच्याउने मौका प्रदान गर्न र पारदर्शी रुपले सदस्यता सम्वन्धी समस्याको निराकरण गर्न केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 50 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 22 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *