0 प्रतिक्रिया
पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा
१२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रविणता प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।
खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।
अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



