+
+
-- Sponsored Ad --

काठमाडौंका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु, संक्रमितको संख्या १९ पुग्यो ।

297 पटक हेरिएको
Clock २०७९ असार २०, सोमबार १९:१५
-- Sponsored --

२० असार, काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो ।

हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार १४ बर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि भइसकेको छ । इडीसीडीका अनुसार कागेश्वरी मनोहरामा तीन जना, बागबजार र कालीमाटीमा दुई–दुई जना हैजाका बिरामी भेटिएका छन् ।

त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक–एक जनामा हैजा संक्रमण देखिएको छ ।

इडीसीडीका निर्देशक डा. चुमनलाल दासका अनुसार सोमबार दिउँसोसम्म एक जनामात्रै उपचाररत छन् । ‘हैजा संक्रमण पुष्टि भएको एक गर्भवती उपचाररत हुनुहुन्छ । अरु सबै अस्पतालबाट डिस्चार्ज भइसक्नुभयो’ डा. दासले भने ।

काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।

पाटन अस्पतालका मेडिकल विभागका प्रमुख तथा पेट रोग विशेषज्ञ डा. युवराज शर्मा काठमाडौं उपत्यकाको पानीका स्रोतहरुमा हैजाका जीवाणु रहेको बताउँछन् ।

‘ललितपुरमा १८ ठाउँमा पानीको नमुना परीक्षण गर्दा १२ वटामा कोलिफर्म देखियो । कोलिफर्म देखिनुको मतलब पानीमा दिसामा हुने जिवाणु मिसिरहेको छ भन्ने हो’, डा. शर्माले भने ।

हाल पाटन अस्पतालमा मात्रै झाडावान्ताका दैनिक २५ भन्दा बढी बिरामी आइरहेका छन् । डा. शर्माका अनुसार काठमाडौंमा लामो समयसम्म नउठाइएको फोहोरका कारण हैजा फैलाउने जीवाणु पानीमा मिसिन पुगेका हुन् ।

‘पानी र खानपान दूषित हुँदा हैजाको संक्रमण हुने हो । अहिले काठमाडौंका विभिन्न स्रोतको पानी शुद्धीकरण भएका छैनन्’, डा. शर्माले भने, ‘जसले गर्दा उपत्यकामा झाडावान्ता सँगै हैजाका बिरामीका बढिरहेका छन् ।’

‘घरमा प्रयोग गरिने फिल्टर, क्लोरिन केहीमा मात्रामा पानी शुद्धीकरण हुन्छ । तर, पानी उमालेर सेवन गर्नु सबैभन्दा उत्तम उपाय हो’, डा. शर्माले भने ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win