0 प्रतिक्रिया
स्थानीय तहकाे निर्वाचन जुनसुकै मितिमा भए पनि सामना गर्न तयार रहेकाे नेपालकाे तर्क ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न आफु तयार रहेको बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफूहरु चुनावसँग नडराएको बताउनु भएको हो ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही समयमा निर्वाचनमा जान आफूहरु तयार रहेको बताउनु भयो ।
वि.स.२०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते भएकाले त्यसैलाई आधार मानेर ६ महिना भित्र निर्वाचन गर्न उचित हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



