+
+
-- Sponsored Ad --

स्थानीय तहकाे निर्वाचन जुनसुकै मितिमा भए पनि सामना गर्न तयार रहेकाे नेपालकाे तर्क ।

409 पटक हेरिएको
Clock २०७८ माघ १५, शनिबार १६:१०
-- Sponsored --

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न आफु तयार रहेको बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफूहरु चुनावसँग नडराएको बताउनु भएको हो ।

चुनाव आगामी वैशाख, जेठ,असार र असोजमा नै भए पनि सामना गर्ने उहाँको तर्क छ । स्थानीय तह एवं केन्द्रीय निर्वाचन जुन पहिला भए पनि आफु सामना गर्ने उहाँले बताउनु भएको छ ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही समयमा निर्वाचनमा जान आफूहरु तयार रहेको बताउनु भयो ।

वि.स.२०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते भएकाले त्यसैलाई आधार मानेर ६ महिना भित्र निर्वाचन गर्न उचित हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win