+
+
-- Sponsored Ad --

सन्दीप बने टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलाे नेपाली बलर

399 पटक हेरिएको
Clock २०७८ फाल्गुन २, सोमबार १९:०६
-- Sponsored --

एन सञ्चार, फागुन २ ।।

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले कीर्तिमान रचेका छन् । आज साेमवार भएकाे आयरल्यान्डसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले कीर्तिमान रचेका हुन् । 

आजकाे खेलमा आयरल्यान्डका जर्ज डाेकरेलकाे विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । उनी याे उपलब्धि हासिल गर्ने पहिलाे नेपाली बलर बनेका छन् । 

करण केसी पनि टी–२० मा ५० विकेटकाे नजिकै छन् । करणले अहिलेसम्म ३३ खेलमा ४४ विकेट लिइसकेका छन् । 

याेसँगै सन्दीप टी–२० मा छिटाे (कम खेलमा) ५० विकेट लिने बलरकाे तेस्राे नम्बरमा परेका छन् । सन्दीपले २९ खेलमा याे उपलब्धि हात पारेका हुन् । 

याे सूचीकाे पहिलाे नम्बरमा रहेका श्रीलङ्काका अजन्था मेन्डिजले २६ खेलमा ५० विकेट लिएका छन् । यस्तै दाेस्राे नम्बरमा रहेका आयरल्यान्डका मार्च रिचार्ड एडरले २८ खेलमा ५० विकेट लिएका छन् । 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win