+
+
-- Sponsored Ad --

तनहुँको दमौलीमा भिषण आगलागी : बाटो साँघुरो भएकाले दमकल छिर्नै समस्या, सिम्रिक एयरको हेलिकप्टर मगाइयो ,

346 पटक हेरिएको
Clock २०७८ फाल्गुन २२, आईतवार १३:३३
-- Sponsored --

२२ फागुन, काठमाडौं । तनहुँको दमौली चोकमा आगलागी भएको छ ।

दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

बाटो साँघुरो भएकाले दमकल छिर्नै समस्या :

तनहुँका पत्रकार कृष्ण न्यौपानेका अनुसार आगो लागेको स्थाननेर ३ वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले दमकल छिर्नै समस्या छ ।

दमकल छिर्ने ठाउँमा टहरो भएकाले भत्काएर दमकल पुर्याउन लागिएको छ । पोखराबाट एउटा दमकल पठाइएको छ भने अर्काे पनि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख रमेश थापाले जानकारी दिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win