+
+
-- Sponsored Ad --

स्याङ्जामा जिएसएम सेवा विस्तार

420 पटक हेरिएको
Clock २०७८ बैशाख ९, बिहीबार ०९:५१
-- Sponsored --

नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार क्षेत्रलाई समेट्ने गरी जिएसएम सेवा विस्तार गरेको छ । करादी बजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्फत् ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए । करादी बजार गल्याङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित व्यापारिक केन्द्र भएपनि सेवाको गुणस्तर पर्याप्त नभएकाले सेवा विस्तार गरिएको टेलिकमले जानकारी दिएको छ । अहिलेलाई जिएसएम प्रविधिको वायरलेस सेवा प्रदान गरिए पनि निकट भविष्यमा सोही ठाँउबाट वायरलाईन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पिएसटिएन ल्याण्डलाईन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराईने गरी काम अघि बढाइएको टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win