स्याङ्जामा जिएसएम सेवा विस्तार

  • समाचार
  • २०७८ बैशाख ९, बिहीबार ०९:५१

नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार क्षेत्रलाई समेट्ने गरी जिएसएम सेवा विस्तार गरेको छ । करादी बजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्फत् ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए । करादी बजार गल्याङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित व्यापारिक केन्द्र भएपनि सेवाको गुणस्तर पर्याप्त नभएकाले सेवा विस्तार गरिएको टेलिकमले जानकारी दिएको छ । अहिलेलाई जिएसएम प्रविधिको वायरलेस सेवा प्रदान गरिए पनि निकट भविष्यमा सोही ठाँउबाट वायरलाईन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पिएसटिएन ल्याण्डलाईन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराईने गरी काम अघि बढाइएको टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *