+
+
-- Sponsored Ad --

निर्वाचन आयोगले बोलाएको बैठकमा होहल्ला र नाराबाजी

455 पटक हेरिएको
Clock २०७८ चैत्र २२, मंगलवार १४:१६
-- Sponsored --

२२ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा होहल्ला भएको छ । आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेनन् । होहल्ला र नाराबाजी जारी रहेपछि असहज स्थिति सिर्जना भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले छलफल गर्न नभई निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन मात्रै बोलाएको बताए पनि ठूला दलको मात्र कुरा सुन्ने गरेको भन्दै होहल्ला गरेका थिए ।

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई मंगलबार बोलाएको थियो । आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरुलाई छलफलमा बोलाएको भएपनि कतिपय दलका अध्यक्ष र कतिपयका केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win