+
+
-- Sponsored Ad --

“केरुङ्गे खोलामा ड्याम बाँधि लेकसाईड बनाउने योजना छ, बालुवाडाँडामा छिट्टै प्याराग्लाईडिङ् सुरु हुन्छ” : अध्यक्ष पन्त

593 पटक हेरिएको
Clock २०७८ आश्विन १२, मंगलवार १४:२२
-- Sponsored --

एनसञ्चार संवाददाता, असोज १२, कावासोती,।। नवलपुरको कावासोती नगरपालिका वडा नं. १ का वडाध्यक्ष नारायण प्रसाद पन्तले पछिल्लो समय जनतामा जस्तै आँफुमा पनि देशको फोहोरी राजनिति प्रति वितृष्णा पैदा हुन थालेको बताउनुभएको छ ।
जुन सपना बोकेर राजनितिमा होमिएको त्यो पुरा गर्न नपाउँदा राजनितिमा लागेर कतै गल्ति गरेँ कि भन्ने भान हुन थालेको उहाँको भनाई छ ।
वडाको काम कारवाहि वारे बुझ्न एनसञ्चार मिडिया प्रा.लि.का प्रतिनिधिको टोलि कार्यालयमा पुग्दा सेवाग्राहीको काममा व्यस्त देखिनुभएका अध्यक्ष पन्तले, परिचयात्मक कार्यक्रम पछि गफ्फीँदै भन्नुभयो ः “समाजकोलागि धेरै गर्छु भन्ने सोँच लिएरै म पनि राजनितिमा होमिएको हुँ; तर संघियता आईसक्दा समेत नेपालमा केन्द्रिकृत शासन व्यवस्थालाई विस्थापित गर्न नसक्दा म मात्र होईन सायद कोहि पनि जनप्रतिनिध यो व्यवस्थाबाट सन्तुष्ट पक्कै छैनन् ।”
उहाँले पालिका वा केन्द्रले दिएका कार्यक्रममा समन्वय गर्नु बाहेक अन्य काम कारबाहिको अधिकार वडाले नपाउँदा सोँचेअनुरुपको प्रगति गर्न नसकिएको गुनासो गर्नुभयो ।
पर्यटकिय आकर्षणको ठूलो सम्भावना बोकेको वडा नं. १ लाई नगरपालिका, जिल्ला र केन्द्रले समेत चिन्न नसकेको गुनासो गर्दै पन्तले भन्नुभयो ः “एक त बजेट थोरै आउँछ, यो वर्ष वडाले जम्मा ७२ लाख बजेट पायो, त्यसमा पनि सडक स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने भनेको छ; केहि दिन अघि केरुङ्गे खोलामा आएको बाढिले हात्तिखोरको सिँचाई नहर र कोईलापानिको वर्खे नहर लग्यो, अब त्यसकालागि बजेट थिएन यसैबाट मिलाउनुपर्ने छ, यति थोरै बजेटले कता कता भ्याउनु !”
यि गुनासा पछि सुस्ताउँदै पन्तले अगाडि भन्नुभयो ः “केरुङ्गे खोलामा रहेको झोलुङ्गे पुल भन्दा माथिपट्टिको कंक्रिट निकालेर त्यहाँ ड्याम बाँधि लेकसाईड बनाउँ भन्ने प्रस्ताव गरेको छु, सिँचाई नहर पनि व्यवस्थित बनाउने योजना सुनाएको छु ; यता बालुवाडाँडामा प्याराग्लाईडिङ्गलाई छिटो सञ्चालन गर्न बारबार उड्ययन मन्त्रालयमा ताकेता गरिरहेका छौँ तर खै के के बहाना बनाएर रोकिदिएको छ ।’ पोखरी तालमा डुङ्गामा पर्यटक घुमाउँला भनि डिपिआर गर्न भन्यौँ, खै कहाँको डिपिआर उठाएर ल्याएछन्, नगरपालिका मार्फत नै आएको विदेशिको टिमले त्यहाँ आवश्यकनै नभएको अरबौँ मुल्यको खर्च देखाएर डिपिआर निर्माण भयो, अब त्यत्त्रो खर्च कस्ले गर्ने ? केन्द्रबाटै त्यसैलाई छुट्याएर बजेट आउनुपर्छ, डिपिआर गर्दा १२÷१५ लाख खर्च भयो ; यस्तैछ हेर्नुस् हामि त उहि समन्वयकारी मात्रै भाछौँ !”
वडाध्यक्ष पन्तले वडा नं. १ मा रहेका पर्यटकिय सम्भावनाबारे विस्तृत अध्ययन गरि त्यसको विकास र विस्तारसँगै प्रचारप्रसार गर्न सकिए धेरैलाई गाउँमै रोजगारि सिर्जना गर्न सकिने भएकोले सम्बन्धित पक्षले यस तर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो ः “गाउँगाउँमा सिंहदरबार भन्थे त्यो नारा नारामा मात्रै सिमित हुनु भएन कार्यान्वन हुनुपर्यो, वडालाई अधिकार सम्पन्न बनाउनुपर्ने अनि मात्रै जनप्रतिधिमा देखिएको वितृष्णा पनि हट्ला र गाउँको विकासले पनि गति लेला ।”
फरक प्रसंगमा वडाध्यक्ष पन्तले अन्य वडा तथा पालिकाले जस्तो असार मसान्तमा बजेट सक्ने परिपाटिलाई अत्य गर्दै वडा नं. १ ले पछिल्लो ४ वर्षमा हरेक चैत्र मसान्त भित्रै कार्य सम्पन्न गरेको बताउनुभयो ।
आर्थिक वर्षको अन्त्य हुने बेलामा असार साउनको झरिमा बजेट सक्न कै लागि काम गरेको देखाउने परिपाटिलाई आँफ्नो वडामा चिर्न सफल भएकोमा गरे हुन्छ भन्ने सन्देश फैलाउन सफल भएको दाबि गर्नुभयो ।
साथै उहाँले वडा नं. १ मा धेरै सुकुम्बासि र अव्यवस्थीत बसोबासिको समस्या रहेको भन्दै आउँदो मँसिर महिना सम्ममा त्यसलाई व्यवस्थित गर्ने र विद्युतिय सेवा नपुगेका गाउँहरु बालुवाडाँडा, ढोडही लगायतका स्थानमा यहि दशैँ भित्रमै बत्ति बालिने जानकारी दिनुभयो ।
यस्तै बाढि र पहिरोले भत्किएका विभिन्न स्थानको बाटो सफा गर्ने कार्य पनि भैरहेको भन्दै सामुदायिक बन र सडक कार्यालयबिच कुरा नमिल्दा बन क्षेत्रको बाटोमा गएको पहिरो हटाउन नसकिएको बताउनुभयो ।
“बन र सडक दुबै तिर खबर पुर्याएका छौँ, दुबैले वास्ता नगरे जस्तो देखिन्छ तर जसरी पनि त्यो पहिरो हटाईन्छ, हटाउनुपर्छ ।” उहाँले भन्नुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win