+
+
-- Sponsored Ad --

केही मानिसहरूको सन्कीपनले देशको नीति भाँडियो : योगेश भट्टराई

478 पटक हेरिएको
Clock २०७८ चैत्र २८, सोमबार १७:१०
-- Sponsored --

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले केही मानिसहरूको सन्कीपनले देशका नीतिहरू भाँडिएको आरोप लगाउनुभएको छ ।

सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा सचिव भट्टराईले देशमा विदेशी मुद्राहरूको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन्, केही मानिसहरूको अग्र्यल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन्,’ उहाँले भन्नुभयो, ‘आज हामीसँग विदेशी मुद्राहरू नहुनुमा ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौं ।’

एमाले सचिव भट्टराईले सरकारले अहिलेको अवस्थाम विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको आरोप लगाउनुभयो । नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थी विदेश पलायन भइरहेको उहाँको भनाइ छ ।

सचिव भट्टराईले जनशक्ति उत्पादनको विषयमा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताउनुभयो ।

‘जनसंख्या र जनशक्तिको रेस्यूमा हामी ठिक ठाउँमा छौं कि छैनौं भन्ने पनि छलफलको विषय छ,’ उहाँले भन्नुभयो, ‘कुनैपनि उमेर समूहका कुनै पनि मानिसहरू स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित हुनुहुँदैन ।’

सचिव भट्टराईले कुनै पनि उमेर समूहका मानिसहरूलाई स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित गर्न नहुने पनि बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win