+
+
-- Sponsored Ad --

केपी ओलीको टिप्पणी : जनादेश शब्दले गठबन्धनको सातो जान्छ

425 पटक हेरिएको
Clock २०७९ बैशाख १, बिहीबार ११:३१
-- Sponsored --

१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्‍याएका छन् ।

निर्वाचनकै सन्दर्भमा उनले गठबन्धनलाई जनादेश भन्नेबित्तिकै सातो जाने लक्ष्यविहीन समूहको संज्ञा दिएका छन् । ‘ताजा जनादेश भन्ने शब्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन अराजक समूहका कुनै आफ्ना एजेण्डा छैनन्,’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चार पृष्ठ लामो शुभकामना सन्देशमा सत्ता गठबन्धनको विरोध गर्दै देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win