शनिबार सामुदायिक वन प्रवेश द्वार शिलन्यास हुने

 देवचुली, माधब सुबेदी

देवचुली नगरपालिका वडा नं१६ रजहरमा अवस्थित धुसेरी सामुदायिक वन उपभोक्ता समुहको सामुदायिक वन प्रवेश द्वार शिलन्यास हुने भएको छ । राष्ट्रिय स्तरमा पुरस्कृत भएको सामुदायिक वनलाई पहिचान गराउने र बैशाख १९ गते हुने रजत जयन्तीको अवसरमा सो प्रवेश द्वारको शिलन्यास गर्न लागिएको हो । धुसेरी सामुदायिक वनका अध्यक्ष लोक बहादुर कार्की क्षेत्रीले वैशाख ११ गते शनिबार विहान ८ बजे रजहर चोक अर्थात सामुदायिक वन जाने मुल बाटोमा प्रवेश द्वारको शिलन्यान हुन लागेको बताउनुभयो ।

 

उहाँले सबै ठाउँमा पत्राचार गरिसकिएको र केहि कारणबस पत्र प्राप्त नभएमा यसै समाचारलाई आधिकारीक मानि उपस्थित हुन समेत सम्पूर्णमा अनुरोध गर्नुभयो । धुसेरी सामुदायिक वन प्रवेश द्वारको शिलन्यास देवचुली १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री एवं देवचुली बुलिङटार शवडिभिजन वन कार्यलय रजहरका प्रमुख ज्योति कोइरालाको संयुक्त रुपमा शिलन्यास हुने भएको हो । २०५२ सालमा स्थापना भएको धुसेरी सामुदायिक वनले वन संरक्षण देखि प्रभावकारी भई जिल्ला वन कार्यालय र जिल्ला वन उपभोक्ता महासंघबाट सामुदायिक वन दिवसको अवसरमा संयूक्तरुपमा पुरस्कृत एवं सम्मानित भएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 81 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 21 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *