Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
शनिबार सामुदायिक वन प्रवेश द्वार शिलन्यास हुने शनिबार सामुदायिक वन प्रवेश द्वार शिलन्यास हुने - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

शनिबार सामुदायिक वन प्रवेश द्वार शिलन्यास हुने

1,208 पटक हेरिएको
Clock २०७८ बैशाख १०, शुक्रबार १६:०८
-- Sponsored --

 देवचुली, माधब सुबेदी

देवचुली नगरपालिका वडा नं१६ रजहरमा अवस्थित धुसेरी सामुदायिक वन उपभोक्ता समुहको सामुदायिक वन प्रवेश द्वार शिलन्यास हुने भएको छ । राष्ट्रिय स्तरमा पुरस्कृत भएको सामुदायिक वनलाई पहिचान गराउने र बैशाख १९ गते हुने रजत जयन्तीको अवसरमा सो प्रवेश द्वारको शिलन्यास गर्न लागिएको हो । धुसेरी सामुदायिक वनका अध्यक्ष लोक बहादुर कार्की क्षेत्रीले वैशाख ११ गते शनिबार विहान ८ बजे रजहर चोक अर्थात सामुदायिक वन जाने मुल बाटोमा प्रवेश द्वारको शिलन्यान हुन लागेको बताउनुभयो ।

 

उहाँले सबै ठाउँमा पत्राचार गरिसकिएको र केहि कारणबस पत्र प्राप्त नभएमा यसै समाचारलाई आधिकारीक मानि उपस्थित हुन समेत सम्पूर्णमा अनुरोध गर्नुभयो । धुसेरी सामुदायिक वन प्रवेश द्वारको शिलन्यास देवचुली १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री एवं देवचुली बुलिङटार शवडिभिजन वन कार्यलय रजहरका प्रमुख ज्योति कोइरालाको संयुक्त रुपमा शिलन्यास हुने भएको हो । २०५२ सालमा स्थापना भएको धुसेरी सामुदायिक वनले वन संरक्षण देखि प्रभावकारी भई जिल्ला वन कार्यालय र जिल्ला वन उपभोक्ता महासंघबाट सामुदायिक वन दिवसको अवसरमा संयूक्तरुपमा पुरस्कृत एवं सम्मानित भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win