+
+
-- Sponsored Ad --

मौसम जानकारी

503 पटक हेरिएको
Clock २०७९ बैशाख २, शुक्रबार ०९:४८
-- Sponsored --

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहनेछ।

प्रदेश- १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना महाशाखाले जनाएकाे छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win