+
+
-- Sponsored Ad --

तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना, एक जनाको मृत्‍यु, २८ जना घाइते

652 पटक हेरिएको
Clock २०७९ बैशाख १५, बिहीबार १९:०४
-- Sponsored --

१५ वैशाख, मुस्ताङ । विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको  ना ५ क २१५९ नम्बरको बस दुर्घटनामा परेको छ । ३८ जना तीर्थयात्री बोकेको उक्त बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले  बताए ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बस दुर्घटनामा २८ जना घाइते भएका छन् ।  मृत्यु हुने ३८ वर्षकी महिला रहेको उनले बताए ।

उनले भने, ‘कागबेनीमा तीर्थ यात्री बोकेको बस दुर्घटना भएको छ। उनी स्कुटरमा सवार थिइन् । स्कुटरबाट झर्ने क्रममा बससँग ठोक्किएको प्रारम्भिक जानकारी छ।  दुर्घटनामा २८ जना घाइते यात्रु घाइते छन् । ‘

उनका अनुसार मुस्ताङको वारागुङ गाउँपालिका-१ मा बस दुर्घटना भएको हो । घाइतेहरूको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win