+
+
-- Sponsored Ad --

गौतमबुद्ध विमानस्थलमा अवतरण गर्‍यो नेपाल एयरलाइन्सको वाइडबडी जहाज

519 पटक हेरिएको
Clock २०७९ बैशाख १५, बिहीबार १९:०६
-- Sponsored --

१५ वैशाख, काठमाडौं । व्यवसायिक उडानको तयारीका क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० पुगेको छ ।

दिउँसो तीन बजे उड्ने भनेको जहाज अबेर गरी उडेको हो । जहाज ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो उडान परीक्षणका रुपमा गरिएको हो ।

त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार भएको यो विमानस्थलमा काठमाडौंकै क्षमतामा जहाजहरु उडान तथा अवतरण गर्न सकिन्छ ।

गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी रहेको छ । यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win