0 प्रतिक्रिया
जनमाबी स्कुल रापाकोटमा गरिब तथा जेहेन्दार बिद्दार्थिका लागि अक्षय कोषको स्थापना ।।
एन सन्चार, स्याङ्जा , बैशाख २९ : गरिब तथा जेहेन्दार बिधार्थिहरुका लागि अर्जुनचौपारी गाउपालिका वडा नम्बर ४ को रापाकोटमा अवस्थित जन माध्यमिक बिधालयमा अक्षय कोषको स्थापना गरियको छ ।
स्वर्गीय हजुरबुवा ख्याम नारायण ढकालको स्मृतिमा बिधालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिद्धार्थी हरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यले कुनै पनि बालबालिका हरु शिक्षाको पहुचबाट टाढा हुन नपरोस भनि सो नगद रु २५ हजार बराबरको अक्षय कोशको स्थापना गरियको कोषका सस्थापक बिष्णु ढकालले जानकारी दिय ।
बिधालय ब्यबस्थापन समितीका अध्यक्ष चक्र बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजसेवी ख्याम नारायण पौडेल प्रमुख अतिथी रहनुभयको थियो । कार्यक्रममा
बिधालयका प्राचार्य तारापती पौडेल, सह प्राचार्य आत्माराम चापागाइ , लिलाधर चापागाइ , अर्जुनचौपारी गाउपालिकाका कृषि साखा प्रमुख केशब राज काफ्ले ,स्थानिय बुद्दिजिवी, समाजसेबी लगायतकाको उपस्थिति रहेको थियो ।



