+
+
-- Sponsored Ad --

अहिलेसम्म कांग्रेस ३१३ तथा एमाले १९० पालिकामा विजयी

480 पटक हेरिएको
Clock २०७९ जेष्ठ ८, आईतवार १२:३०
-- Sponsored --

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ ।

हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१३ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ ।

नेकपा एमालेले १९० पालिका प्रमुख र २१८ उपप्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्र १ सय २० पालिका प्रमुखमा विजयी हुँदा १२३ उपप्रमुख जितेको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले २६ पालिका प्रमुख र २९ उपप्रमुख आफ्नो पक्षमा पारेको छ । नेकपा एकीकृत समाजवादीले १७ पालिका प्रमुख र २१ उपप्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख र ९ उपप्रमुख जितेको छ । राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४–४ पालिका प्रमुख जितेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १५ पालिका प्रमुख जितेका छन् ।

मतगणना भइरहेको पालिकामध्ये कांग्रेस १३ ठाउँमा अगाडि छ भने एमाले १६ ठाउँमा अगाडि छ । यस्तै, माओवादी केन्द्र १, जसपा ५, एकीकृत समाजवादी २, लोसपा ५ र अन्यले ५ पालिकामा अग्रता लिएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win