0 प्रतिक्रिया
अर्थतन्त्र संकटमा छ,आयात प्रतिस्थापन गर्नैपर्छ : गगन थापा
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् ।
प्रतिनिधिसमामा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले भने, ‘हाम्रो अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ, जोखिममा पर्न थालिसक्यो । यसमा सरकारको ध्यान यसमा जानु पर्नेछ ।’
नेपाललाई व्यापारघाटा चिन्ताको विषय भएको भन्दै अब ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा जानु पर्ने बताए ।
खाद्यान्नमा समेत यस्तै अवस्था रहेको भन्दै उनले उत्पादकत्व बढाउन सरकारले ठीक नीति ल्याउनु पर्ने बताए ।
आयात प्रतिस्थापन गर्न सरकारले ल्याएको नीति सही भएको भन्दै उनले यसलाई बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए ।
आगामी वर्ष प्रेस, हेलिकोप्टर जस्ता वस्तु नचाहिने भन्दै सरकार आफैले अनावश्यक वस्तु खरिदलाई निरुत्साहित गर्नुपर्ने बताए । त्यसपछि मात्र सरकारले जनतालाई अब खरिद नगर भन्ने नैतिकता राख्ने उनले बताए ।



