+
+
-- Sponsored Ad --

अमेरिकी राष्ट्रपति र नेटो प्रमुखबीच आज भेटवार्ता हुँदै

594 पटक हेरिएको
Clock २०७९ जेष्ठ १९, बिहीबार ०९:२४
-- Sponsored --

काठमाडौं । रुसी सेनाले पूर्वी युक्रेनका मूख्य शहरहरुमा कब्जा बढाउँदै लगेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र नेटोका प्रमुख जेन्स स्टोलटेन्बर्गबीच भेटवार्ता हुँदैछ ।

राष्ट्रपति बाइडेनले आज (बिहिबार) स्टोलटेन्बर्गलाई ह्वाइटहाउसमै भेट्न लाग्नुभएको हो । युक्रेनलाई लामो दूरीका हतियार आपूर्ति गर्ने घोषणा गरेको अमेरिकाले नेटो प्रमुखलाई भेटेर थप रणनीति तय गर्न लागेको हुनसक्ने अनुमान गरिएको छ। अमेरिकाले युक्रेनलाई दिन लागेका हतियारमा उच्च प्रविधियुक्त रकेट प्रक्षेपकहरु पनि रहेका छन्।

त्यस्तै जर्मनीले पनि युक्रेनलाई अहिलेसम्मकै अत्याधुनिक विमानभेदी क्षेप्यास्त्र दिने बताएको छ। उता, रुसले पश्चिमा देशहरुले थप हतियारहरु युक्रेनलाई दिने तयारी गरेपछि युद्धको आगोमा घ्यु नथप्न चेतावी दिएको छ। रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिका र उसका सहयात्री देशहरुले युक्रेनलाई दिने थप हतियारले युद्धलाई अझै लम्ब्याउने बताउनुभएको हो।

पश्चिमा देशहरुले युक्रेनलाई जति हतियार थप्दै जान्छन युद्ध त्यति लम्बिदै जाने र वार्ताबाट समाधान खोज्ने प्रयास निरर्थक हुने क्रेमलिनका प्रवक्ताको तर्क छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win