+
+
-- Sponsored Ad --

हत्या आरोपमा १० वर्षीया बालिका गिरफ्तार

355 पटक हेरिएको
Clock २०७९ जेष्ठ २५, बुधबार १९:३०
-- Sponsored --

ओर्ल्याण्डो : मध्य फ्लोरिडामा १० वर्षीया बालिकालाई मंगलबार पक्राउ गरिएको छ। ती बालिकाले आमासँग झगडा गरेकी एक महिलालाई गोली हानी हत्या गरेकी थिइन्। उनलाई नियन्त्रणमा लिएर स्थानीय बाल न्याय केन्द्रमा राखिएको छ।

बालिकाकी आमालाई गत हप्ता लापर्वाही, बच्चाको बेवास्ता, जथाभावी हतियार राखेको र हतियारले गम्भीर आक्रमण गरेको आरोपमा पक्राउ गरिएको अधिकारीले जानकारी दिएका छन्। 

प्रहरी अधिकारीहरूका अनुसार बालिकाकी आमा ३१ वर्षीया लाकरिसा इज्याकले ‘मेमोरियल डे’ को राति अबेर जर्निगन गार्डेन अपार्टमेन्ट बाहिर ४१ वर्षीया लसुन रोजर्ससँग झगडा गरेकी थिइन्।

प्रहरीका अनुसार ती महिलाले आफ्नी छोरीलाई एउटा झोला दिइन् र केटीले झोलाबाट बन्दुक निकालेर रोजर्समाथि दुईपटक गोली हानेकी थिइन्। रोजर्सको पछि अस्पतालमा मृत्यु भयो। बालिकाले ‘तिमीले मेरी आमासँग झगडा गर्न हुँदैनथ्यो’ भन्दै गोली हानेकी थिइन्। 

‌‍ओर्ल्याण्डोकी नगरप्रमुख रेजिना हिलले भनिन्‚ ‘राज्य र संघीय सांसदहरूले बन्दुकको हिंसाबाट बच्न कुनै कदम चाल्न आवश्यक छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win