0 प्रतिक्रिया
कावासोतीको थ्री गाइज रेष्टुरेन्टले पनि सुरु गर्यो निशुल्क शौचालयको व्यवस्थाः
एन सन्चार जेठ ३० कावासोतीः नवलपुरको कावासोती नगरपालीका ३ बाट सन्चालित थ्रि गाइज रेष्टुरेन्टले मङ्गलबार देखी निशुल्क शौचालयको व्यवस्था गरेको छ ।

काठमाण्डौ महानगरपालीकाका नवनिर्वाचित नगर प्रमुख बालेन साहको सर्मथन जनाउदै शाहकै अवधारणा अनुरुपको निःशुल्क शौचालयको व्यवस्था शुरु गरेको रेष्टुेन्ट सन्चालक नविन भट्टराइले जानकारी दिए ।

करिव ३ वर्षदेखी कावासोती नगरपालीका वडा नं ३ को मध्यविन्दु कलेज नजिकैबाट आफ्नो सेवा सुभारम्भ गरेको थ्री गाइज रेष्टुरेन्ट स्थापनाको छोटो समयमै स्थानिय स्तर तथा कलेज अध्यन गर्ने विद्यार्थी हरुमा लोकप्रिय हुन सफल भएको छ ।

रेष्टुरेन्टको वालमा विभिन्न डिजाइनका आर्कषक पेन्टिगंहरु सहित सफा तथा मनोरम बातावरणमा स्वादिष्ट खाजाको व्यवस्था रहेकोले विशेष गरि विद्यार्थीहरु खाजा तथा सेल्फि खिच्नका लागी आउने गरेको सन्चालक भट्टराइले वताय ।

बालेन शाहको योजना र अबधारणाको अनुशरण गर्दै उन्कै सर्मथनमा पछिल्लो समय विभिन्न स्थानहरुमा निःशुल्क रुपमा शौचालयको व्यवस्था गरियका समाचारहरु आइरहेकोले तपाइपनि देखाशिकीमै शौचालय सन्चालन गर्ने योजनामा लाग्नुभएको हो भन्ने प्रश्नमा भट्टराइले भने । “जन्ताहरु अव सचेत र सजग भैसकेको र काठमाण्डौका जन्ताहरुले त्यो प्रमाणीत गरेर देखाइदिएका छन । वालेन शाह सम्पुर्ण नेपालीहरुमा प्रेरणाका श्रोत वनेका छन हामीले गरेको यो सानो सहयोगले शाहलाइ आत्मवल र हौसला मिल्न सक्छ त्यसैले हामीले पनि साहकै योजना र भिजन अनुरुपका सार्वजानीक सौचालय को सुरुवात गरेका हौ “।




