0 प्रतिक्रिया
विरोधको नया स्वरुप सांकेतिक : मेयर साहेबको ध्यान कता ? बाटो बिग्रेको छ यता ।
नवलपुर : कावासाेती बजार क्षेत्रको प्रमुख स्थान मध्यको एक सभापति चोक नजिक बाटो जीर्ण बनेको लामो समय बितेको छ । सभापति चोक देखि उत्तर तर्फ परेका खाल्डा खुल्डीले सदरमुकामलाई गिज्याएको धेरै भयो । तर खाल्डा खुल्डीमा पानी जम्दा साना साना पोखरीको भान हुन्छ ।
अहिलेसम्म कसैको ध्यान जान सकेको छैन । सडक मर्मतका लागी बजेट विनियोजन भएको हल्ला सुनियतापनी काम शुरु हुन सकेको छैन । केही दिन अगाडी नाप जाच गरेर गएको देखेका स्थानियहरु वर्षाका कारण अगाडी हिडन पनि नमिल्ने अवस्था सिर्जना हुदा पनि काम शुरु हुन नसकेपछि शांकेतिक रुपमा मेयर सावको ध्यान कता बाटो विग्रेको छ यता लेखेको बोर्ड सडक छेउ तथा पोलमा झुन्डयार सांकेतिक विरोध गरेको प्रस्टै अनुमान लगाउन सकिन्छ ।
नवलपुर प्रसासन , कावासाेती नगरपालीका, खानेपानी कार्यालय, विद्युत कार्यालय लगायतका प्रसासनिक कार्यलयहरुको मुख्य सडकखण्डको यो कन्तविजोग देखिरहेर पनि मुकदर्शक वनिरहेका जनप्रतिनिधीहरुको ध्यान केन्द्रित होस भन्नका लागी विरोध स्वरुप सांकेतिक बोर्डमा सो कुरा लेखेर राखेको अनुमान लगाउन मुस्किल नपर्ला ।
सभापति चोक नजिकै उत्तर तर्फ पैदल यात्री सहित अन्य यात्रुको आवत जावत बाक्लो हुने गर्दछ । सभापति चोकमा उत्रिएर प्रशासन लाग्ने जो कोहीको मनमा जीर्ण सडकले सदरमुकामको छवि नकरात्मक उत्रिन्छ यसमा दुई मत छैन् । तर यसको मर्मतमा भने कसैको चासो छैन् ।
जिल्लाका सबै जसो सरकारी कार्यालयका गाडी यही बाटो हुदैं कुद्छन् । कार्यालयका सवारी कम्तिमा जिल्ला प्रशासनमा पुग्दा यो बाटो प्रयोग गर्छन् नै ।
मेयर , उप मेयर सहित जनप्रतिनिधि नहिँड्ने कुरै भएन । गाडी कुद्दा केही उफार्ला । गोडामा हिलो पक्कै पर्दैन । तर यही बाटो हिड्ने हजारौं पैदल यात्रु खाडल र हिलो छिचोल्दै हिँड्नुपर्ने अवस्था छ ।
वरपरका व्यवसायी झनै आजित रहेका छन् । आजित स्थानीयले सडक छेउमा लेखेका छन् मेयर साहेबको ध्यान कता ? बाटो विगे्रकोे छ यता । हाम्रो कावासोती राम्रो कावासोती ।
स्थानीयले पालिकाले मर्मतका लागि चासो नदिएको सांकेतिक विरोध जनाउन तीन वटा बोर्डमा लेखेर राखेका छन् । स्थानीयले बाटो मर्मतको माग समेत गरेका छन् । नगरपालिकाको ध्यान जीर्ण सडकमा हुनुपर्ने उनीहरूको भनाई छ ।



