+
+
-- Sponsored Ad --

कांग्रेस १४ औं महाधिवेशनः सहमति नजिक छौं, आज साझा उम्मेद्वार तय गर्छाैं- पौडेल

495 पटक हेरिएको
Clock २०७८ मंसिर २२, बुधबार ०७:०१
-- Sponsored --

२२ मंसिर, काठमाडौं ।। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबारसम्ममा साझा उम्मेद्वार छान्ने दाबी गरेका छन्। पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेद्वार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेद्वार तय हुने बताएका हुन्।

नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गरे। ‘हामी सहमतिको नजक नजिक पुगेका छौं’ बैठकपछि पौडेलले भने, ‘भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ।’ साझा उम्मेद्वार तय गर्न केही प्रक्रिया पूरा गर्न बाँकी रहेको उनको भनाइ थियो।

बैठकपछि महामन्त्री डा शशांक कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताएका थिए। संस्थापनइतरबाट अब रामचन्द्रका साथै शेखर र प्रकाशमान सभापतिको आकांक्षी रहेका छन्। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win