+
+
-- Sponsored Ad --

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाई हुँदै

271 पटक हेरिएको
Clock २०७९ असार ५, आईतवार ११:१६
-- Sponsored --

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आज (आइतबार) सुनुवाई हुने भएकाे छ ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कार्की र चुडालको इजलासले गत जेठ ३० गते सुनुवाई गरेपछि यो मुद्दालाई आइतबार सुनुवाई हुनेगरि हेर्दाहेर्दैमा राख्ने आदेश गर्नुभएको थियो । वैशाख १८ गते मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी पदमा नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । यसैगरि एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आईजीपी विरुद्धको रिटसँगै राखेर सुनुवाई हुने भएकाे छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win