+
+
-- Sponsored Ad --

जन्ती बोकेको जिप दुर्घटना, १२ जना घाइते

375 पटक हेरिएको
Clock २०७८ बैशाख १३, सोमबार ०५:१३
-- Sponsored --

बैतजीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जिप बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दुर्घटना भएको हो । सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप आज (सोमबार) बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको बैतडी प्रहरीले जनाएको छ। दुर्घटनामा दुलहा, दुलहीसहित १२ जना घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोरसिंह ऐरले जानकारी दिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win