0 प्रतिक्रिया
फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत
१६ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अलग हुन सहमत भएका छन् ।
डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव थियो ।
नेताहरुका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ । तर हालको अवस्था हेर्दा यादव पक्षको बहुमत भएकाले जनता समाजवादी पार्टीको आधिकारिकता यादवसँग रहने सम्भावना छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




