+
+
-- Sponsored Ad --

गाउँमा डाक्टर जानै मान्दैनन् : स्वास्थ्यमन्त्री खापुङ

254 पटक हेरिएको
Clock २०७९ असार १६, बिहीबार १७:००
-- Sponsored --

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताउनुभएको छ ।

बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । देशका विभिन्न स्थानमा दरबन्दी खाली भए पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताउनुभयो ।

 

मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूमा जुनकुनै बेला जुनसुकै क्षेत्रमा जानुपर्छ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको उहाँको भनाइ छ ।

मन्त्री खापुङले स्वास्थ्यकर्मीहरूको जुनकुनै क्षेत्रमा जान हिचकिचाहट नगर्ने प्रवृतिको विकासले संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्ने कुरामा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win