0 प्रतिक्रिया
सुरू भयो शेखर समूहको बैठक
१६ असार, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीति लिएका डा. शेखर कोइराला पक्षीय नेताहरुको बैठक सुरु भएको छ ।
पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दामा छलफल गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो ।
महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ । कांग्रेसको पछिल्लो १४ औं महाधिवेशन गत मंसिरमा सम्पन्न भएको थियो । सभापति देउवाले पार्टीको कोषाध्यक्ष पनि मनोनित गर्न सकेका छैनन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



