0 प्रतिक्रिया
दुई घण्टामा ८.८७ अंकले घट्यो सेयर बजार, कारोबार डेढ अर्ब
१७ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार केही घटेर बन्द भएको छ । शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ ।
यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार दुई घण्टाकै बीचमा डेढ अर्बको कारोबार हुनुबाट समेत यो दिन कारोबार धेरै भएको हो ।
शुक्रबार व्यापार, वित्त र लघुवित्तबाहेक सबै उपसमूह राताम्ये रहे ।
शुक्रबार धेरै गुमाउने कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अगाडि रह्यो । यसको मूल्य ४.७७ प्रतिशतले घटेर ३८९.५० रुपैयाँमा ओर्लिएको छ । बिहीबार जस्तै शुक्रबार समेत धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



