+
+
-- Sponsored Ad --

पानीको दुःख टर्छ, पैसा बच्छ

276 पटक हेरिएको
Clock २०७९ असार १७, शुक्रबार १६:३३
-- Sponsored --

१७ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लुको आफ्नै घरमा मन्टेसरी स्कुल सञ्चालन गरेका नरेन्द्र डंगोललाई दैनिक १२०० लिटरसम्म पानी चाहिन्छ । घर र स्कुलका लागि ट्याङ्करको पानी किन्नु पर्दा उनले वार्षिक कम्तिमा १ लाख रुपैयाँ खर्च गर्नुपर्थ्यो । यो खर्च जोगाउन उनले आकाशे पानी उपयोगको जुक्ति लगाएका छन् ।

प्रकृतिले निःशुल्क दिने पानी सञ्चित गर्दा डंगोलले धेरै मिहिनेत गर्नु पर्दैन । महसुलको बिल मात्र आउने सरकारी धारा नजोडेका उनले घरको छतमा परेको पानीलाई पाइपबाट इनारमा झारेका छन् । त्यसैगरी, आँगन र वरपर परेको पानी जम्मा पार्न छुट्टै खाडल खनेका छन् । खाडलको पानी प्राकृतिक रूपमा फिल्टर भएर इनारमै पुग्छ ।

‘छतबाट वर्षमा अढाइ लाख लिटरभन्दा बढी आकाशे पानी इनारमा संकलन हुने मोटामोटी हिसाब छ । १२ वर्षयता यसरी नै चलेको छ’ उनी भन्छन्, ‘सबैले आकाशको पानी सदुपयोग गर्ने हो भने खानेपानीको अभाव हुँदैन ।’

इनारमा जम्मा भएको पानी गाडी, मोटरसाइकल धुने, भुई पुछ्ने जस्ता काममा सीधै प्रयोग हुन्छ । भाँडाकुँडा र कपडा धुन एक पटक फिल्टर गर्दा राम्रो हुन्छ । दुई चरण फिल्टर गरेपछि मजाले खान मिल्ने डंगोल बताउँछन् ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win