+
+
-- Sponsored Ad --

नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता छ : सांसद सार्की

285 पटक हेरिएको
Clock २०७९ असार २०, सोमबार १६:०४
-- Sponsored --

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की, आछामीले नदी कटानलाई रोक्नका लागि नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद आछामीले नदीहरूमा अनावश्यक र अवैधानिक ढंगले उत्खनन् भएको बताउनुभयो ।

उहाँले गिट्टी, बालुवा निकालेर सीमित मानिसहरू धनि हुने तर खेतीयोग्य जमिन र घरहरूमा नोक्सान हुने भएकाले यसलाई नियन्त्रण गर्न नदी ऐनको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

सांसद सार्कीले आपतकालिन नदी नियन्त्रणमा बजेट शून्य भएको भन्दै आपत्कालीन नदी नियन्त्रण कोषमा बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सार्कीले विराटनगर विमानस्थल निर्माणका लागि विगत दुई वर्षदेखि करिव १ हजार २६७ कित्ता जमिन रोक्का गरिएको र हालसम्म निर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन नभएकाले रोक्का गरिएको जमिन फुक्का गर्न माग गर्नुभयो ।

सार्कीले स्थानीय तहमै मतदाता नामावली संकलनको काम गर्न पनि माग गर्नुभयो । सांसद आछामीले काठमाडौंको सडकमा व्यापार गरेर जीविका चलाइराखेका नागरिकहरूको व्यवस्थापनमा नेपाल सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win