0 प्रतिक्रिया
शान्ति प्रक्रिया टुंग्याएर जस लिनुस्, हामी सहयोग गर्छौं : ओली
२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
सोमबार प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन सरकारले गर्ने पहलमा एमालेको सहयोग रहने बताए । आफूले प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न खोज्दा एमालेले जस लिने भयो भनेर रोकिएको उनको दाबी छ ।
अध्यक्ष ओलीले तत्कालिन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म गरेको सशस्त्र युद्ध नक्कली सपना र झुट भएको टिप्पणी पनि गरे । नक्कली सपना देखाएर नेतृत्वले सशस्त्र युद्ध गरेको भएपनि युद्धमा होमिनेहरुको गल्ती नरहेको उल्लेख गर्दै उनले उनीहरुको समस्या समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



