+
+
-- Sponsored Ad --

माओवादी केन्द्रीय समिति बैठक स्थगित

270 पटक हेरिएको
Clock २०७९ असार २१, मंगलवार १२:१०
-- Sponsored --

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी केन्द्रीय कमिटी बैठक आज मंगलबार स्थगित भएको छ ।

पदाधिकारी चयनलगायतका विषयमा शीर्ष तहका नेताहरूबीच छलफलका लागि आजको बैठक स्थगित गरिएको हो ।

यसअघि सोमबारको बैठकमा सहभागीहरूले चालु बैठकबाटै पदाधिकारी, स्थायी समिति र पोलिट ब्युरोको निर्णय गर्नुपर्नेमा जोड दिएपछि आन्तरिक छलफल गर्नका लागि बैठक स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो ।

गत पुसमा सम्पन्न महाधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अध्यक्ष बनाएको थियो भने अन्य पदाधिकारीहरू चयन हुन सकेको छैन ।

मंगलबार बस्ने बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि जावफ दिने कार्यक्रम रहेको थियो ।

मंगलबार स्थगित भएको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×

छुटाउनुभयो कि ?

🎡 Spin & Win