+
+
-- Sponsored Ad --

देशका केही स्थानमा राति भारी वर्षाको सम्भावना

303 पटक हेरिएको
Clock २०७९ असार २४, शुक्रबार १३:४४
-- Sponsored --

नवलपुर । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (शुक्रबार) बिहान देशको प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार राति भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहनेछ । त्यस्तै, देशभरका केही स्थानमा मेघगर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । साथै प्रदेश-१, मधेश प्रदेश र बाँकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win